नेपाली राष्ट्रिय रग्बी टिमकी कप्तान थापालाई कोरोना संक्रमण

१८ भाद्र २०७७, बिहीबार १४:२१

काठमाडौं , नेपाली राष्ट्रिय महिला रग्बी टिमकी कप्तान एलिसा थापालाई कोरोना संक्रमण भएको छ । उहाँले आफ्नो फेसबुकमा स्टाटस पोस्ट गर्दै कोरोना संक्रमण भएको बताउनु भएको छ ।

उहाँले आफ्नो स्वास्थ्य अवस्था सामान्य भएको बताउनु भएको छ । स्वास्थ अवस्था सामान्य रहेको र हेटौडामा आफ्नै घरमा आइसोलेसनमा बसिरहेको उहाँले जनाउनु भएको छ । उहाँले छिटै कोरोनालाई जितेर काममा फर्किने पनि बताउनु भयो ।