काठमाडौं उपत्यकामा १ साताका लागि थपियो निषेधाज्ञा

१७ भाद्र २०७७, बुधबार १८:०३

काठमाडौं, काठमाडौँ उपत्यकामा थप १ साताका लागि निषेधाज्ञाको अवधि थपिएको छ ।
बुधवार बसेको उपत्यकाका तीनवटै जिल्लाका प्रमुख अधिकारीहरूको बैठकले तेस्रोपटक निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । पछिल्लो निषेधाज्ञा भदौ २४ गतेसम्म जारी रहनेछ ।उपत्यकामा कोरोना संक्रमितको संख्या बढेपछि गत भदौ ३ गतेबाट लागू हुने गरेर पहिलोपटक निषेधाज्ञा जारी गरिएको थियो । निषेधाज्ञा थप्ने कि नथप्ने भन्ने विषयमा प्रमुख जिल्ला अधिकारीहरूले गृह मन्त्रालयसँग छलफल गरेका थिए । गृहको सुझावपछि एक साताका लागि निषेधाज्ञा थपिएको हो ।