बलात्कार गरेको आरोपमा पुजारी पक्राउ

१२ भाद्र २०७७, शुक्रबार १४:५०

बाँके , झारफुक गर्ने बहानामा दुई जनालाई बलात्कार गरेको आरोपमा बाँकेमा एकजना पक्राउ परेका छन् ।

डुडुवा गाउँपालिका ५, कम्मरजँहास्थित बाबाकुटी मन्दिरका ४० वर्षीय पुजारीले ३० वर्षीया र २८ वर्षीया महिलालाई झारफुक गर्ने बहानामा बोलाई बलात्कार गरेको आरोप छ । उनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

पुजारीले ती महिलाहरूलाई झारफुक गर्ने बहानामा मन्दिरको कुटीमा बोलाई बलात्कार गरेको खुलेको छ ।