
दाङ , तुलसीपुरमा २ वटा सरकारी कार्यालय र ४ वटा घर सिल गरिएको छ। संक्रमित देखिएका ४ घर र २ वटा सरकारी कार्यालयलाई सिल गरिएको हो। उपमहानगरका कोभिड १९ फोकल पर्सन विमल केसीका अनुसार इलाका प्रशासन कार्यालय तुलसीपुरमा कार्यरत सवारी चालकलाई कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय सिल गरिएको छ।
त्यस्तैगरी, तुलसीपुर ११ मा रहेको उरहरी स्वास्थ्य चौकीमा कार्यरत एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य चौकी पनि सिल गरिएको छ। त्यस्तैगरी, उनीहरुको घर र अन्य २ जना संक्रमितहरुको घर पनि सिल गरिएको छ। त्यसैगरी, राप्ती गाउँपालिका १ भालुवाङ पुल्चोक, पुरानो बजार क्षेत्र तथा पाखापानी क्षेत्रमा शुक्रबार बिहान ६ बजेदेखि १९ गते राति १२ बजेसम्म सिल गरिएको गाउँपालिकाले जनाएको छ।
