
काठमाडौं , बिहीबार एक हजार १११ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज एक हजार १११ जनामा कोरोना पुष्टि भएको जानकारी दिनु भयो । योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या ३५ हजार ५२९ जना पुगेको छ ।
पछिल्लो पटक बिहीबार एक हजार १११ जना संक्रमित थपिएका हुन् । यसैगरी, २० हजार ७३ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा ५६९ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको डा गौतमले बताउनु भयो । यही संक्रमित मध्येबाट १८३ जनाको मृत्यु भएको छ ।
