करेन्ट लागेर दुइ जनाको मृत्यु

११ भाद्र २०७७, बिहीबार १५:४६

काठमाडौं, करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका–२९ सैनिक बस्ती बस्ने मकवानपुर घर भएका ३२ वर्षीय बाबु तामाङको करेन्ट लागेर मृत्यु भएको छ ।

निर्माणाधिन घरमा काम गर्ने क्रममा करेन्ट लागेर घाइते भएका तामाङको लेखनाथ सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। उता पर्सा, सखुवाप्रसौनि गाउँपालिका–३ कटैयास्थित बन्दै गरेको नेपाल टेलिकमको टावरमा मेसिन संचालन गर्न लाईन जोड्ने क्रममा करेन्ट लागेर टेलिकमका कर्मचारी बिराटनगर घर भएका ३४ वर्षीय हरि थापाको मृत्यु भएको छ।

करेन्ट लागेर बेहोस भएका थापाको नारायणी बयोधा अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो।