छोराछोरीलाई निजी विद्यालयमा पढाउने तीन सरकारी शिक्षकलाई कारवाही

११ भाद्र २०७७, बिहीबार १५:०९

काठमाडौँ, दैलेखको गुँरास गाउँपालिकाले श्री कृष्ण माविमा कार्यरत तीन जना शिक्षकलाई कारवाही गरेको छ । उनीहरुलाई दस दस हजार रुपैँया जरीवाना तोकीएको छ ।

विद्यालयमा कार्यरत शिक्षक रोशनी मल्ल, पदम बहादुर नेपाली र कमला कुमारी चन्दलाई कारवाही गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर बूढाले जनाउनु भएको छ ।

सरकारी विद्यालयमा कार्यरत उनीहरुले आफ्ना बालबच्चालाई भने निजी विद्यालयमा भर्ना गरेको थाहा पाएपछि गाउँपालिकाले कारवाही गरेको हो ।