
काठमाडौं , सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँ बढेको छ । सुनको मूल्य आज तोलाको ९७ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो तोलामा ४ सय रुपैयाँ घटेर सुनको मूल्य तोलाको ९६ हजार ८ सय रुपैयाँ थियो । यस्तै हिजो तेजावी सुन प्रति तोला ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । बिहिबार (आज) तेजावी सुनको मूल्य ९७ हजार १ सय रूपियाँमा कारोकार भइरहेको छ ।
हिजो चाँदीको भाउ भने १० रूपियाँले तोलाको एक हजार ३ सय १० रुपैयाँमा कारोबार भएको थियो । बिहिबार (आज) चाँदीको मुल्य १ हजार ३सय ४५ मा कारोबार हुँदै छ ।
