
काठमाडौं , बुधबार ८८५ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज ८८५ जनामा कोरोना पुष्टि भएको जानकारी दिनु भयो । योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या ३४ हजार ४१८ जना पुगेको छ ।
पछिल्लो पटक बुधबार ८८५ जना संक्रमित थपिएका हुन् । यसैगरी १९ हजार ५०४ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा ३८५ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको डा गौतमले बताउनु भयो । यही संक्रमित मध्येबाट १७५ जनाको मृत्यु भएको छ ।
