
फाईल फोटो ,
काठमाडौं , आज नेपाली काँग्रेसले नेपाल महिला संघकी संस्थापक सभापति मंगलादेवी सिंहको २४ औं स्मृति दिवस मनाउँदैछ। प्रजातान्त्रिक आन्दोलनमा उहाँको योगदानको स्मरण गर्दै काँग्रेस र उसको भ्रातृ संस्थाले स्मृति दिवस मनाउन लागिएको हो।
यसपटक उहाँको स्मृतिमा भर्चुअल कार्यक्रम हुने भएको छ। कोरोनाका महामारीका कारण भर्चुअल विमर्श हुन लागेको हो। मंगलादेवीले आन्दोलनमा पुर्याएको योगदानबारे कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यता र प्रवक्ता विश्वप्रकाश शर्मासहितको उपस्थितिमा विमर्श हुन लागेको नेता सिंहका सहयोगी यूपी लामिछानेले जानकारी दिनु भयो ।
अघिल्ला वर्षहरुमा कांग्रेसले काठमाडौंको टेकुस्थित सिंहको शालिक रहेको स्थानमा औपचारिक कार्यक्रम गरेर स्मृति दिवस मनाउने गर्दथ्यो। उहाँको २०५३ भदौ १० गते निधन भएको थियो।
