
काठमाडौं, काठमाडौं उपत्यकामा थप २ सय ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।पछिल्लो २४ घण्टामा उपत्यकाभित्र २ सय ३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिनु भयो ।
मंगलबार थपिएका संक्रमितहरू काठमाडौंका एक सय ९९ जना, ललितपुरका १९ जना र भक्तपुरका १४ जना छन्।उनीहरूको काठमाडौंस्थित विभिन्न प्रयोगशालामा परीक्षण गरिएको हो।
