आज थप ८१८ जना संक्रमित

७ भाद्र २०७७, आईतवार १९:११

काठमाडौं , आइतबार ८१८ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज ८१८ जनामा कोरोना पुष्टि भएको जानकारी दिनु भयो । योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या ३१ हजार ९३५ जना पुगेको छ ।

पछिल्लो पटक आइतबार ८१८ जना संक्रमित थपिएका हुन् । यसैगरी, १८ हजार ६३१ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा २८१ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको डा गौतमले बताउनु भयो । यही संक्रमित मध्येबाट १४९ जनाको मृत्यु भएको छ ।