आज सुनको मूल्य तोलामा चार सय रुपैयाँले घट्यो

७ भाद्र २०७७, आईतवार ११:१०

काठमाडौँ , नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेको छ।

शुक्रबार ९८ हजार ८ सयमा कारोबार भएको सुनको मुल्य आज ४ सयले घटेर ९८ हजार ४ सय पुगेको सुनचाँदी व्यावसायी महासंघले जनाएको छ। यस्तै तेजावी सुनको मूल्य पनि घटेको छ।

आइतबार तेजावी सुनको मूल्य ९७ हजार ९ सय कायम भएको छ। शुक्रबार तेजावी सुन ९८ हजार ३ सयमा कारोबार भएको थियो ।

शुक्रबार १३७० मा कारोबार भएको चाँदीको मूल्य आजको लागि प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भएको छ।