तीजमा राष्ट्रपति पशुपति नजाने

५ भाद्र २०७७, शुक्रबार १२:३७

काठमाडौँ , राष्ट्रपति विद्यादेवि भण्डारी यसपटक तीजको अवसरमा पशुपतिनाथ मन्दिरको दर्शन गर्न नजाने बताइएको छ ।

शुक्रबारका दिन हरितालिका तीज परेको र सो अवसरमा विगतमा राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी पशुपतिनाथ मन्दिर दर्शनार्थ सरिक हुने परम्परा रहेको थियो ।

यस पटक विश्‍वव्यापी महामारीको रूपमा फैलिएको नोवेल कोरोनाभाइरस (कोभिड–१९) को कारण उक्त कार्यक्रममा सरिक हुन नसक्ने राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले बताउनु भयो ।