आज थप ७०७ जना संक्रमित

४ भाद्र २०७७, बिहीबार १६:४१

काठमाडौं , बिहीबार ७०७ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज ७०७ जनामा कोरोना पुष्टि भएको जानकारी दिनु भयो । योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या २९ हजार ६४५ जना पुगेको छ ।

पछिल्लो पटक बिहीबार ७०७ जना संक्रमित थपिएका हुन् । यसैगरी, १७ हजार ९६४ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा २६३ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको डा गौतमले बताउनु भयो । यही संक्रमित मध्येबाट १२६ जनाको मृत्यु भएको छ ।