बेस्सरी पसिना चुहाउनुका सात फाइदा

३० असार २०७८, बुधबार १६:१३

एजेन्सी । गर्मीमा त सबैजना तरतरी पसिना चुहाउँछन् नै र अत्यधिक पसिना चुहाउनु स्वास्थ्यका लागि लाभदायी नै हुन्छ । यसले शरीरमा जम्मा भएका विषाक्त पदार्थलाई बाहिर निकाल्न मद्दत गर्छ र अनेकथरी रोगबाट बचाउँछ । व्यायाम गर्दा निस्कने पसिनाले झन् शरीरलाई धेरै फाइदा गर्छ । पसिना धेरै निस्कँदा हुने फाइदा निम्न बमोजिम छन् ।

१ छाला सफा
पसिना निस्केपछि शरीरको फोहोर बाहिर निस्कन्छ । छालाको रोम छिद्र खुलेर छाला सफा हुन्छ ।

२ चम्किलो छाला
अधिक मात्रामा पसिना निस्कँदा मृत छाला झर्छ र त्वचामा प्राकृतिक निखार आउँछ ।

३ तौल घटाउन
व्यायाम गर्दा जति धेरै पसिना निस्कन्छ, शरीरबाट त्यति धेरै क्यालोरी डढ्छ । यसो हुँदा शरीरको तौल घटाउन सहज हुन्छ ।

४ पत्थरी हटाउन
शरीरबाट अत्यधिक पसिना निस्कँदा व्यक्तिले पानी धेरै पिउँछ । यसले गर्दा शरीरको फोहोर सफा हुन्छ । मिर्गौलामा पत्थरी भएका मानिसलाई पसिना बगाउनुका धेरै फाइदा छन् ।

५ तनाव
अधिक पसिना निस्कँदा शरीरको तापमान सन्तुलित रहन्छ । यसकारण दिमाग फ्रेश हुन्छ र तनाव हट्छ ।

६ रक्तसञ्चार
पसिना निस्कँदा शरीरमा रक्तसञ्चार तेज हुन्छ जसका कारण पूरा शरीर स्वस्थ हुन जान्छ ।

७ डण्डीफोर
शरीरको फोहोर पसिनामार्फत निस्कने भएकाले अनुहारमा डण्डीफोर आउँदैन वा एकदमै कम हुन्छ ।