सम्झौताको ५ वर्षपछि पश्चिम सेतीको जेभीए हुँदै

३० कार्तिक २०७४, बिहीबार ०२:०३

कात्तिक ३०, काठमाडौं । तोकिएको सम्झौता अवधिभन्दा झण्डै पााच वर्षपछि ७ सय ५० मेगावाटको पश्चिम सेतो जलाशययुक्त जलबिदुत आयोजनाको संयुक्त विकास उपक्रम(जेभीए) हुने भएको छ ।
०६८ फागुनमा ऊजाए मन्त्रालय र कर्पोरेशनबीच भएको सम्झौतामा ६ महिनाभित्र अध्ययन सकेर एकवर्षभित्र जेभिए गर्ने उल्लेख रहेकोमा बल्ल पूरा हुन लागेको हो ।

प्रर्वद्धक थ्री गर्जेजको सहायक कम्पनी सीडब्लूई इन्भेस्टमेन्ट कर्पोरेसन र लगानी बोर्डबीच १६ र १७ नोभेम्बर अर्थात् ३० कात्तिक र १ मंसिरमा हुने छलफल भएको जेभीए हुने बोर्डले जनाएको छ । कर्पोरेशनका टोली जेभीएका लागि १६ र १७ नोभेम्बरमा आउँदैछ, अब जेभीए हुदैछ । लगानी बोर्डका सहसचिव एवम् प्रवक्त उत्तम वाग्लेले भने, दुई विषयमा केही स्पष्ट हुन बााकी रहेकोमा छलफलबाट टुंग्याएर जेभीए हुन लागेको हो । उनका अनुसार कर्पोरेशनले पश्चिम सेती आयोजनाको अध्ययनको क्रममा कर्पोरेसनले गरेको खर्चको पुँजीकरण र विद्युत् महसुलबारे केही अस्पष्ट रहेको भनदै कर्पोरेसनले पत्र पठाएको छ । जेभीए भएपछि मात्र बल्ल प्राधिकरण र कर्पोरेशनको संयुक्त रुपमा वेष्ट सेट हाइड्रोपावर कम्पनी लिमिटेड स्थापना हुनेछ ।
गत वर्षाको माघमा मात्र प्राधिकरण र कर्पोरेसनबीच जेभीए गर्ने सम्झौता भएको र जेभीएलाई दुबै प्रवद्र्धकले अनुमोदन गर्नुपर्नेमा प्राधिकरणले गत माघमै गरेको थियो भने कर्पोरेसनले हालै मात्र गरेको थियो । –कारबार दैनिक