
सुर्खेत , दैलेखमा चार दिन निषेधाज्ञा जारी गरिएको छ । तीजका बेला हुने भिडभाडले कोभिड १९ संक्रमण फैलिने जोखिम भएकोले जिल्ला प्रशासन कार्यालय दैलेखले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।
आजै (बिहीबार) दुई बजेदेखि लागू हुने गरी ७ गते राति १२ बजेसम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको प्रशासनकार्यालयले सूचना जारी गरेको छ ।
