
मकवानपुर , बागमती प्रदेश सभाकी उपसभामुख राधिका तामाङलाई कोरोना सङ्क्रमण देखिएको छ। सोमबार दिउँसो हेटौंडास्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक प्रयोगशालाले यसको पुष्टि गरेको हो।
आज आएको रिपोर्ट अनुसार उपसभामुख तामाङसहित १६ जनालाई सङ्क्रमण पुष्टि भएको छ।
