कोरोनाबाट निको हुने संख्या १७ हजार ४९५ पुग्यो

१ भाद्र २०७७, सोमबार १६:३७

काठमाडौं, नेपालमा कोरोना संक्रमणपछि थप १६० जना संक्रमित निको भई घर फर्किएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा निको भएकासँगै हालसम्म १७ हजार ४ सय ९५ जना संक्रमित निको भएको जानकारी दिनु भयो ।