ओली, प्रचण्ड र देउवाबीच बालुवाटारमा भेटवार्ता

१ भाद्र २०७७, सोमबार १२:५३

फाइल तस्बिर ।

काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भएको छ ।
तीन नेताबीच संवैधानिक निकायका नियुक्ति, कोरोना संक्रमण न्यूनीकरणलगायत विषयमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दियो ।