मनमैजु हत्याका मुख्य अभियुक्त पक्राउ

३१ श्रावण २०७७, शनिबार १२:२१

काठमाडौं, काठमाडौंको मनमैजु हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मुख्य अभियुक्तलाई पक्राउ गरेको छ ।

शुक्रबार छुरा प्रहार गरी हत्या गरिएका नुवाकोटका लक्ष्मण तामाङको हत्यामा संम्लग्न रहेको आरोपमा आङदोर्जे शेर्पालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

शुक्रबार राति साढे ८ बजेतिर एक खाजा घरमा दुई पक्षबीचको विवादमा तामाङमाथी छुरा प्रहार भएको थियो। छुरा प्रहारबाट घाइते तामाङको ग्रीनसिटी अस्पतालमा मृत्यु भएको थियो। उनी गोंगबु सुकुम्वासी टोलमा बस्दै आएका थिए।