
काठमाण्डौ , सुनचाँदीको मूल्य आज पनि बढेको छ । सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँ बढेर तोलाको ९८ हजार ६० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अस्ति एकैदिन तोलामा ६ हजार २ सय रुपैयाँ घटेको सुनको मूल्य हिजो भने २ हजार ४ सय रुपैयाँ बढेको थियो । त्यही भाउमा आज सुन तोलामा ८ सय रुपैयाँ महँगो भएको हो ।
यस्तै चाँदी आज तोलामा ६० रुपैयाँ बढेको छ । चाँदी आज तोलाको एक हजार ३ सय ५५ रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ ।
