
काठमाडौं, पाल्पामा पहिलो पटक समुदायमा कोरोना सङक्रमण फेैलिएको छ। तानसेन नगरपालिका ४ का ४० वर्षीया एक महिलामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ।
कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार लुम्बिनी मेडिकल कलेज तानसेन प्रभाषमा आफन्तको उपचारका निम्ति पुगेकी महिलालाई पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो।
महिलासँगै रहेका श्रीमानको भने रिपोर्ट नेगेटिभ आएको छ। बिरामीलाई थप उपचारका लागि काठमाडौ लैजानका लागि प्रक्रिया मिलाउने क्रममा पीसीआर परीक्षण गर्दा आज सङ्क्रमण भएको रिपोर्ट आएको हो।
यहाँ सङ्क्रमितको सङ्ख्या ५६३ पुगेको छ भने ५६० जना कोरोना निको भएर घर फर्किएका छन्।
