
काठमाडौं, गौशालास्थित पशुपति क्षेत्रमा कोरोना संक्रमण देखिएपछि सो क्षेत्रका सबै पसल तथा फूटपाथमा राखिएका पूजा सामग्री पसलहरु आगामी आइतबारसम्मका लागि बन्द गरिएको छ ।
गत शुक्रबार एक जना पसलेलाई कोरोना देखिएपछि स्थानीय व्यवसायीको समन्वयमा सबै पसलहरु बन्द गरिएको हो ।
महानगरीय प्रहरी वृत गौशालाका प्रमुख जितेन्द्र बस्नेतले थप संक्रमण बढ्न नदिन वडाको समन्वयमा निगरानीसमेत बढाइएको बताउनुभयो ।
