
काठमाडौं, डोटीको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा आज बिहान बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार कैलालीबाट अछामका लागि जाँदै गरेको ना ६ ख २५२९ नम्बरको बस बिहान ६ बजे दुर्घटनामा परेको हो। दुर्घटनामा परी मृत्यु हुनेको सनाखत भएको छैन। नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले घाइतेहरुको उद्धार गरी जिल्ला अस्पताल डोटीमा उपचारको लागि पठाइएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
