अख्तियारका प्रमुख आयुक्त घिमिरेलाई कोरोना संक्रमण

२७ श्रावण २०७७, मंगलवार १९:५८

काठमाडौं ,अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेलाई कोरोना संक्रमण भएको छ।घिमिरेलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो । घिमिरे हाल घरमै आइसोलेसनमा छन् ।हालसम्म अख्तियारका ४१ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भईसकेको छ ।