बुद्ध भारतमा जन्मेका हुन् भन्ने एस जयशंकरलाई सरकारले फर्कायो कडा जवाफ, दिल्लीमा हलचल

२५ श्रावण २०७७, आईतवार १८:३३

काठमाडौं , भारतीय विदेशमन्त्री एस जयशंकरले बुद्ध महान भारतीय भनेर अभिव्यक्ति दिएको केही घण्टा नबित्दै परराष्ट्र मन्त्रालयले त्यसको जवाफ फर्काएको छ । परराष्ट्र मन्त्रालयले बुद्ध नेपालमा जन्मेको प्रमाणित भइसकेकाले यो बहसको विषय हुन नसक्ने स्पष्ट पारेको छ।

भारतीय विदेशमन्त्री एस जयशंकरले बुद्ध महान भारतीय भनेर अभिव्यक्ति दिएपछि परराष्ट्रले यसबारे प्रतिक्रिया जनाएको हो।
भारतीय विदेशमन्त्री एस जयशंकरले भगवान गौतम बुद्ध भारतीय भनेर दिएको अभिव्यक्तिप्रति सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले आपत्ति जनाएका छन्। पूर्व प्रधानमन्त्री तथा नेकपाका विदेश विभाग प्रमुखसमेत रहेका नेता नेपालले भनेका छन्, ‘लुम्बिनीमा जन्मिएका बुद्धलाई महान भारतीय गरेको प्रचार तथ्यहीन र आपत्तिजनक छ।’

भारतीय विदेशमन्त्री जयशंकरले शनिबार दुईजना महान भारतीय गौतम बुद्ध र महात्मा गान्धी विश्वमै प्रख्यात रहेको भनेका थिए।