आज थप ३७८ जना कोरोना संक्रमित, कुल संक्रमितको संख्या २२ हजार ५९२ पुग्यो

२४ श्रावण २०७७, शनिबार १८:४९

काठमाडौं , शनिबार ३७८ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज ३७८ जनामा कोरोना पुष्टि भएको जानकारी दिनु भयो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या २२ हजार ५९२ जना पुगेको छ । पछिल्लो पटक शनिबार ३७८ जना संक्रमित थपिएका हुन् । यसैगरी, १६ हजार ३१३ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा ४९९ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको डा गौतमले बताउनु भयो । यही संक्रमित मध्येबाट ७३ जनाको मृत्यु भएको छ ।