
काठमाडौं , पूर्व संचारमन्त्री गोकूल बाँस्कोटाले नेकपाभित्रको आन्तरिक विवादको समाधान नभएको प्रति लक्षित गर्दै बरु कोरोनाको ओखती पत्ता लाग्ला नेकपाको झगडाको ओखती पत्ता नलाग्ने बताउनु भएको छ ।
सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उहाँले यस्तो टिप्पणी गर्नु भएको हो । उहाँले बिहान कुरा मिले जस्तो हुने तर बेलुका कुरा बिग्रने रोग नेकपामा रहेको पनि बताउनु भएको छ ।
यस्तो छ , उहाँले लेखेको स्टाटस
०५४ को झझल्को पो आउन थाल्यो त नेकपामा । बरु कोरोनाको ओखती फेला पर्ला, नेकपा झगडाको ओखती कमसेकम काठमाडौंमा चै नपाइने भो जस्तो छ । बिहान मिलेको कुरा बेलुका भत्काइ दिने कन्ट्रोल कक्ष कहाँ रहेछ।

