भीडभाड हुने क्रियाकलाप बन्द गर्न स्वास्थ्य मन्त्रालयको आह्वान

२२ श्रावण २०७७, बिहीबार १६:५३

काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बैठक, सेमिनार, गोष्ठीलगायत भीडभाड हुने क्रियाकलाप बन्द गर्न आह्वान गरेको छ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भीडभाड बन्द गर्न भन्दै त्यस्ता कार्यक्रम भर्चुअल माध्यमबाट गर्न आग्रह गर्नु भएको हो ।

कोरोना संक्रमणको जोखिम बढ्दै गएर अफ्ठ्यारो परिस्थिति आएको भन्दै गौतमले सामाजिक दूरी कायम गर्न, बेलाबेला साबुन पानीले हात धुन, मास्क लगाउन आग्रह गर्नु भएको छ ।

मन्त्रालयले चाडबाड घरमै मनाउन, मन्दिरलगायत स्थानमा भीडभाड नगर्न र बालबालिका तथा वृद्ध उमेरका व्यक्तिलाई बाहिर ननिस्कन अनुरोध गरेको छ।