आइतबारदेखि लाइसेन्स वितरण रोकियो

२० श्रावण २०७७, मंगलवार १६:१९

काठमाडौं , काठमाडौं उपत्यकाका चार वटै यातायात व्यवस्था कार्यालयले आइतबारदेखि चालक अनुमतिपत्र वितरण कार्य रोकेका छन्। सेवाग्राहीको अत्यधिक भीडका कारण कार्यालयले तत्कालका लागि सेवा स्थगित गरेको जनाएका छन ।
कार्यालयमा अत्यधिक भीडका कारण खटिएका सुरक्षाकर्मीलाई पनि भीड नियन्त्रण गर्न गाह्रो भएको एकान्तकुनास्थित कार्यालयका प्रमुख डम्मरबहादुर कार्कीले बताउनु भयो ।

उहाँका अनुसार काठमाडौं उपत्यकामा सङ्क्रमण बढिरहेकाले यहाँसँगै जगाती, सुकेधारा र ठूलोभर्‍याङ गरी चारै कार्यालयले अहिलेको अवस्थामा सेवा बन्द गरेका छन्।