सरकारले मात्रै कोरोना नियन्त्रण गर्न सक्दैनः प्रधानमन्त्री

२० श्रावण २०७७, मंगलवार १४:४९

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मात्रै कोरोना भाइरसको नियन्त्रण गर्न नसक्ने बताउनु भएको छ । कोरोना नियन्त्रणका लागि सबैले सहयोग गर्नुपर्ने उहाँको भनाइ छ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा विज्ञ र विभिन्न राजनीतिक दलका नेताहरूसँग परामर्श गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो ।

प्रधानमन्त्री ओलीले कोरोना महामारी सबैका लागि चुनौति भएको औल्याउनु भयो । उहाँले सामाजिक अनुशासन कायम गर्नुपर्नेमा जोड दिनु भयो ।

छलफलमा बोल्दै कांग्रेस सभापति शेरबहादुर देउवाले सुझाव मात्रै लिएर नहुने बताउनु भयो । उहाँले विज्ञहरुले दिएका सुझाव कार्यान्वयन गर्न पनि प्रधानमन्त्री ओलीलाई आग्रह गर्नु भयो ।

छलफलमा विभिन्न दलका नेता र विज्ञहरु सहभागी रहेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा छलफल जारी रहेको छ।