श्रोत नखुलेको ९ लाख रुपैयाँसहित बाँके राष्ट्रिय निकुञ्जका कर्मचारी पक्राउ

१९ श्रावण २०७७, सोमबार १८:५५

बुटवल, बाँके राष्ट्रिय निकुञ्जका दुईजना कर्मचारी श्रोत नखुलेको रकमसहित रुपन्देहीमा पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रवक्ता सुरेश भुसालका अनुसार बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत विष्णु रोकाया करिब ९ लाख रुपैयाँ घुससहित रुपन्देहीबाट पक्राउ परेका छन ।

भुसालका अनुसार उनीहरु नगद ३ लाख ४८ हजार घुस रकम र ५ लाख ५० हजारका विभिन्न बैँकका चेकसहित पक्राउ परेका हुन्।

अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई निकुञ्जकै बा २ झ १८७३ को गाडीमा यात्रा गरिरहेको अवस्थामा पक्राउ गरेको उहाँले बताउनु भयो ।