आज मन्त्रिपरिषद्को नियमित बैठक बस्दै

१९ श्रावण २०७७, सोमबार १६:१८

काठमाडौं , आज बेलुका पाँच बजे मन्त्रिपरिषदको बैठक बस्ने भएको छ । आजको बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्ने सम्भावना रहेको बताइएको छ ।

बोर्डको सिइओका लागि अर्थमन्त्री डा युवराज खतिवडा नेतृत्वको समितिले डा सरोज कोइराला, रामकृष्ण खतिवडा र सुशील भट्टको नाम सिफारीस गरेको छ । सिफरिस भएका ३ जना बाट सिइओ छनौट हुनेछन् ।