
काठमाडौं, सवारी चालक अनुमती पत्र (लाइसेन्स)को प्रकृया तत्काल सुरु नहुने भएको छ।
कोभिड–१९ को संक्रमण दैनिक बढिरहेकोले सवारी चालक अनुमती पत्रको प्रकृया सुरु गर्ने तयारी नरहेको यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिनु भयो ।
अवस्था सामान्य रहे डेढ, दुई महिनामा खोलिने उहाँले बताउनु भयो ।
हमालले भन्नु भयो, ‘संक्रमण दर कम भयो भने डेढ, दुई महिनामा नयाँ लाइसेन्सको प्रकृया सुरु गर्छौ। नत्र दशैं पछाडि नै होला,’
