धेरै संक्रमण देखियो भने लकडाउनभन्दा पनि ‘शिल्ड’ नै गर्नुपर्ने हुन्छः मन्त्री त्रिपाठी

१७ श्रावण २०७७, शनिबार १२:४१

काठमाडौं , संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले कोरोना संक्रमण बढि देखिएका ठाउँमा लकडाउन गरिने र धेरै नै संक्रमण देखियो भने ती ठाउँहरु शिल्ड गरिने स्पष्ट पार्नु भएको छ । आज शनिबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा कुरा गर्दै मन्त्री त्रिपाठीले यस्तो बताउनु भएको हो ।