डिल्लीराज विष्टसहित ८ जना प्रहरीले सफाइ पाए

१५ श्रावण २०७७, बिहीबार १६:१२

काठमाडौं , तत्कालिन कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टसहित ८ जना प्रहरीले सफाइ पाएका छन । उनीहरु विरुद्ध दर्ता भएको सार्वजनिक न्यायविरुद्धको कसूर र यातनासम्बन्धी कसूरमा उनीहरुले जिल्ला अदालत कञ्चनपुरबाट सफाइ पाएका हुन् ।

कञ्चनपुर जिल्ला अदालतका श्रेस्तेदार यदुनाथ शर्माले जिल्ला न्यायाधीश गोपालप्रसाद वास्तोलाको इजलासले दुबै मुद्धामा प्रहरी अधिकारीलाई सफाइ दिएको जानकारी दिनु भयो ।

उनीहरुविरुद्ध निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रमाण नष्ट गरेको र हिरासतमा रहेकालाई यातना दिएको भनी मुद्धा परेको थियो ।मुद्धा लागेपछि निलम्बित प्रहरीलाई काममा फर्किन बाटो खुलेको छ ।