
काठमाडौं , नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को संविधानसभा र व्यवस्थापिका संसदमा व्यक्त विचारको सँगालो ‘गणतन्त्रको पहिलो दशक’ पुस्तक सार्वजनिक भएको छ। ‘गणतन्त्रको पहिलो दशक’ पुस्तकमा २०६५ सालदेखि २०७५ सालसम्म संविधानसभा र व्यवस्थापिका संसदमा प्रचण्डले व्यक्त गरेका विचार ४२ शीर्षकमा समेटिएका छन्।
