१५२ नेताले नेकपा केन्द्रीय समिति बैठक माग गरे

१४ श्रावण २०७७, बुधबार २१:४४

काठमाडौं , नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का १५२ केन्द्रीय सदस्यले केन्द्रीय समितिको बैठक माग गर्दै अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै पत्र बुझाएका छन्।

पार्टी भित्रको विवाद चर्किदै गएपछि केन्द्रीय समितिको माग गर्दै बुधबार दिउँसो पार्टी मुख्यालय धुम्बाराही पुगेर नेताहरुले पार्टी कार्यालय सचिव श्रीराम ढकाललाई पत्र बुझाएका हुन् ।

पत्र बुझाउने नेकपा नेता हिमाल शर्मा, जगन्नाथ खतिवडा, ठाकुर गैरे, रामकुमारी झाक्री, कुमार पौडेल, डा विजय पौडेल, रचना खड्का लगायतका १५२ नेताले हस्ताक्षर गरेका छन् । अन्य दुई नेतालेसमेत हस्ताक्षर गर्ने बताएका छन् ।