
काठमाडौं , सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । यसभन्दा अघि पनि पार्टी भित्रै विवाद भएर पटक–पटक स्थगित हुँदै आएको थियो ।
तर, आज ११ बजे बस्न भनिएको उक्त बैठक स्थगित भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्यबहादुर थापाले जानकारी दिनु भयो ।
नेकपा पार्टीका दुई जना अध्यक्षका ओली र पुशपकमल दाहाल ‘प्रचण्ड’ बीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेकाले बैठक स्थगित गरिएको उहाँले बताउनु भयो ।
