
काठमाडौं , सोमबार १३९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले आज १३९ जनामा कोरोना पुष्टि भएको जानकारी दिनु भयो । योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या १८ हजार ७५२ जना पुगेको छ ।
पछिल्लो पटक सोमबार १३९ जना संक्रमित थपिएका हुन् । यसैगरी, १३ हजार ७५२ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो घण्टामा ६२६ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको डा। गौतमले बताउनु भयो । यही संक्रमित मध्येबाट ४८ जनाको मृत्यु भएको छ ।
