फेरी १२ सयले बढ्यो सुनको मूल्य

१२ श्रावण २०७७, सोमबार १२:२२

काठमाडौं , नेपाली बजारमा सुन तथा चाँदीको मूल्यमा बृद्धि हुने क्रमले आज पनि निरन्तरता पाएको छ ।

आइतवार प्रतितोला छापावाला सुनको मूल्य ९६ हजार ३ सय रहेको थियो । भने आज तोलामा १२ सयले बृद्धि भइ प्रतितोला सुन ९७ हजार ५ सय कायम भइ कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मूल्य ९७ हजार ६० रहेको छ ।

त्यस्तै चाँदीको मूल्यमा पनि बृद्धि भएको छ । आइतवार प्रतितोला चाँदीको मूल्य ११५५ रहेको थियो । भने आज मूल्य बृद्धि भइ प्रतितोला चाँदी १ हजार २ सय १० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।