हाम्रो पुस्ताले यो पार्टी फुटन दिनु हुदैन – नेता पौडेल

११ श्रावण २०७७, आईतवार १८:५५

काठमाडौं, सत्तारुढ दल नेकपा बिभाजन हुन नहुने बिचार बिभिन्न राजनीतिक दलका नेताहरुले बताएका छन् ।
आज (आईतवार) संवाद क्लव नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै सत्तारुढ दल नेकपाका स्थायी समिति सदस्य देबेन्द्र पौडेलले नेकपा पार्टी कुनै हालतमा नफुटने दावी गरे ।
नेता पौडेलले ‘आजको आबश्यकता नेकपालाई जनताले दिएको बिश्वास गुमाउन दिदैनौं भन्दै म आफनो ठाउँबाट पार्टीलाई अझ बलियो बनाउन लागेको समेत स्पष्ट पारे ।
म लगायत धेरै नेता कार्यकर्ता यो पार्टी एक ढिक्का बनाउन लागेको बताउदै दुई अध्यक्ष केपी र प्रचण्ड पनि पार्टीलाई मजबुद बनाउन छलफलमा निरन्तर लागि परेको उनले बताए ।
हाम्रो पुस्ताले यो पार्टी फुटन दिनु हुदैन । यदि पार्टी फुटयो भने जनताले दिएको बिश्वास गुम्ने छ ।
हामीले दुवै पार्टी अध्यक्षलाई भेटेर भनेका छौ । पार्टी बिभाजन भनेको जनताको भावना , अपेक्षा बिपरितको कुरा हो । यसो गरिनु हुदैन । यो पार्टी बचाउन सक्नु हुन्न भने हामी तपाईलाई साथ दिने छैनौ भन्ने कुरा पनि राखेको पौडेलले स्मरण गराए ।
अध्यक्षलाई राजीनामा दिने कुरा पार्टीमा उठेको छैन , कार्यबिभाजनको कुरा मात्र उठेकबे हो । बिवादको चुरो कुरो भनेको कार्य बिभाजनको कुरा हो अरु केही होइन कार्य बिभाजनमा प्रधानमन्त्रीले निकास दिनु पर्छ ।’ नेता पौडेलले सरकारले जनताको अपेक्षा बमोजिम काम गर्न नसकेको कुरा भने स्वीकारे ।
पुष्पकमल दाहालले पार्टी एकता बलियो बनाउन पार्टी भित्र खेलेको भूमिका उच्च प्रशंसानिय रहेको बताए ।
पार्टी बलियो बनाएर लैजानका लागी पुष्पकमल दाहाल प्रचण्डले कुरा मिलाउन कहिले माधव कमरेडलाई भेटनु हुन्छ , कहिले झलनाथ खनाललाई भेटनु हुन्छ , कहिले बामदेव संग भेट हुन्छ यस्ता कुरालाई गुट बनाएर राजनीतीक भयो भनेर हल्ला गर्नु बेकारको कुरा भएको बताए ।
नेपाली कांग्रेसका प्रभावशाली नेता रामहरी खतिवडाले सरकार गठन भएको लामो समय वितिसक्दा समेत जनअपेक्षाका कुनै राम्रो काम गर्न नसकेको आरोप लगाए ।
नेकपा पार्टी भित्रको आनतरिक विवादमा अल्झिएको बताउदै संकट तर्फ उन्मूख भएको आरोप लगाए । राम्रो संग आफनो पार्टी चलाउन नसक्ने नेकपाले सरकार कसरी चलाउन सक्छ भन्दै प्रश्न गरे । नेपाली कांग्रेस सरकार नढलाउन न बचाउन लागेको भन्दै नेकपा भित्रको विवादले नै सरकार संकटमा परेको नेता खतिवडाले बताए । कार्यक्रममा क्लवका संरक्षक श्रीधर खनालको पनि सहभागीता रहेको थियो । कार्यक्रम राम गैरेको सभापतित्वमा सम्पन्न भएको थियो ।