
काठमाडौं, शुक्रबार सुनको मूल्य इतिहासकै महँगो भएको छ ।एकैदिन तोालमा १३ सय रुपैयाँले बढेर सुनको मूल्य इतिहासकै महँगो भएको हो ।
बिहीबार ९४ हजार ५ सयमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज तेजावी सुनको मूल्य पनि वृद्धि भएको छ । बिहीबार ९५ हजार ६५ मा कारोबार भएको तेजावी सुन आज प्रतितोला ९५ हजार ३ सय ६५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।
शुक्रबार चाँदीको भाउ १ हजार १ सय ५० रुपैयाँ निर्धारण गरिएको छ ।बिहीबार चाँदी १ हजार १ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।
