सुनको मूल्य तोलामा ९४ हजार ५०० पुग्यो

८ श्रावण २०७७, बिहीबार १२:४२

काठमाडौं , सुनको मूल्य बिहीबार तोलामा ९४ हजार ५०० रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार फेरि ५०० रुपैयाँले बढेर तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । सुनको मूल्यमा यो हालसम्मै उच्च हो ।

बिहीबार तेजावी सुनको मूल्य भने तोलामा ९४ हजार ६५ रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदी तोलामा ११४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यसअघि बुधबार चाँदी तोलामा ११३५ रुपैयाँमा कारोबार भएको थियो ।