
काठमाडौं , नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ अन्तर्गत रहेका सार्वजनिक यातायातका साधनहरु आजदेखि सञ्चालनमा आएका छन्। यसअघि विभिन्न कम्पनी र संघ अन्तर्गतका सार्वजनिक यातायातका साधनहरु सञ्चालनमा आएका थिए। महासंघ अन्तर्गतका कम्पनीका बसहरु आज बिहानैदेखि सञ्चालनमा आएको महासंघका उपमहासचिव बसन्त भण्डारीले जानकारी दिनु भयो ।
