काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता राम प्रसाद रिजालले सर्वोच्च कमान्डरमा केपी शर्मा ओलीलाई राख्ने र नेकपामा मुख्य ५ नेताको नेतृत्व व्यवस्थापन गर्ने नयाँ मोडालिटी ल्याउनु भएको छ ।
नयाँ मोडालिटी यस्तो छ –
१ केपी शर्मा ओली – सर्वोच्च कमान्डर वा सर्वोच्च नेता
२ पुष्पकमल दाहाल – कार्यकारिणी अध्यक्ष
३ माधव कुमार नेपाल – प्रधानमन्त्री
४ झलनाथ खनाल – सरकार संचालित सयंन्त्रको संयोजक विद्यादेवी भण्डारीको कार्यकाल पछि राष्ट्रपति
५ वामदेव गौतम – उप ,प्रधानमन्त्री तथा गृहमन्त्री चुनाव पछिको प्रधानमन्त्री
पहिलो मर्यादामा रहेका ओलीको पद, सेरेमोनियल, मर्यादाको दोस्रोमा दाहाल, तेस्रोमा माधव, चौथौमा खनाल र पाँचौंमा गौतमलाई राख्दा उपयुक्त हुने नेता रिजालको तर्क छ ।