नारायणगढ मुग्लिङ सडकखण्ड एकतर्फी खुल्यो

६ श्रावण २०७७, मंगलवार १८:२१

फाइल फोटो

काठमाडौं, नारायणगढ मुग्लिङ सडक खण्डमा यातायात सुचारु भएको छ। कालीखोलामा पहिरो जाँदा बन्द भएको सडक खण्ड आज दिउँसो तीन बजेपछि खुलेको हो। चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईका अनुसार सडक एकतर्फी मात्रै खुलेको छ।