यातायात व्यवसायीको घोषणाः बिहीबारदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने

६ श्रावण २०७७, मंगलवार १६:२७

काठमाडौं, सार्वजनिक यातायातका साधन बिहीबार देखि सञ्चालनमा आउने भएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा तीन वटै यातायात मजदुर संगठन नेपाल, यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले मंगलबार संयुक्त रुपमा पत्रकार सम्मेलन गरी बिहीबारदेखि यातायात सञ्चालन गर्ने घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा छोटो दुरीको यातायात सञ्चालन गर्न तयार भएका व्यवसायीले लामो दूरीको सवारीसाधन समेत संचालन गर्न सरकारसँग माग गरेका छन् ।

उनीहरुले तत्काल लामो दुरीको सार्वजनिक यातायात संचालन गर्न सम्भव नभए प्रदेशस्तरमा भनेपनि गाडी संचालन गर्न दिने निर्णय गर्न सरकारसँग माग गरेका छन् ।